News Portal

सारेगमप लिटिल च्याम्पको उपाधी कृपालाई, दोस्रो झापाकै रोशा

रातोपोस्ट संवाददाता
२६० पटक

झापा, २३ माघ । गायन रियालिटि सो सारेगमप लिटिल च्याम्प नेपालको उपाधी झापाकी कृपा पौडेलले जितेकी छिन् । झापा बिर्तामोडकी- १४ बर्षीया कृपाले शनिबार सम्पन्न सारेगमप फाइनलमा उपाधी जितेकी हुन् ।

ग्यालेक्सी फोर के टेलिभिजनमा विगत १८ हप्तादेखि प्रसारण भइरहेको सारेगमपको हिजो राति सम्पन्न भएको फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै कृपाले उपाधी जित्न सफल भएकी हुन् ।

त्यस्तै, प्रतियोगिताको दोस्रो स्थान पनि झापाकै रोशा फुयलले जितिन् । झापा मेचीनगरकी- १४ बर्षीया रोशले दोस्रो स्थान प्राप्त गरिन् भने सेकेन्ड रनरअप भारत सिलिगुडीका आदित्य विश्वकर्मा भए।

प्रतिकृया दिनुहोस्