News Portal

थप १,३८६ जनामा काेराेना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४८६ पटक

काठमाडौ, २३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३सय ८६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।

६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । ८ हजार ७०४ जना काेराेना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्