News Portal

अनेरास्ववियु कमिटीले दियाे क्याम्पस व्यवस्थापनलाई धन्यवाद

रातोपोस्ट संवाददाता
६५५ पटक

झापा, १३ फागुन । काँकरभिट्टा बहुमुखी क्याम्पसमा अनेरास्ववियु कमिटीले राखेका माग क्याम्पस व्यवस्थापनले पुरा गरेकाे छ । गत म‌सिर २४ गते यातायातकाे माग राखेर अनेरास्ववियु कमिटी र बिद्यार्थीहरू लगायत टिमले क्याम्पस प्रमुख लक्ष्मी प्रसाद उप्रेती र व्यवस्थापनका अध्यक्ष कमल थापा समक्ष ज्ञापनपत्र बुझाएका थिए ।

क्याम्पसमा एउटा मात्र बस भएकाे हुनाले विधार्थीहरुमा समस्या रहेकाे थियाे । काकरभिट्टा बहुमुखी क्याम्पसले संगठनले राखेकाे माग पुरा गरि आजदेखि थप बसकाे ब्यवस्था गरेकाे हुनाले विधार्थी नेता सन्देश पैँाडेलले क्याम्पस व्यवस्थापनलाई धन्यवाद दिएका छन ।

क्याम्पसमा आउने बिद्यार्थीहरुको संख्या अत्याधिक मात्रामा भएकाले एउटा मात्र बसमा बिद्यार्थीहरु आउनलाई असहज भएकाे हुनाले अर्काे बसकाे व्यवस्था गर्न लागि माग गरेका थिए । मेचीनगरकाे नकलबन्दा बाहुण्डाङ्गी, गाडागल्ली, स्वामी चोक, बौद्धमोड, भूकुटीलगायत ठांउबाट गाडीमा आउने बिधार्थीहरुलाई काँकरभिट्टा बहुमुखी क्याम्पसमा आजदेखी अर्को पनि गाडीको ब्यबस्था गरिएकाे व्यवस्थापनका अध्यक्ष कमल थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्