News Portal

रूसी आक्रमणमा ४० सैनिकसहित ५० युक्रेनीको मृत्यु

रातोपोस्ट संवाददाता
८८२ पटक

एजेन्सी, १३ फागुन । रूसले डोनबासमा सैन्य परिचालन सुरु गरेपछि किभले मस्कोसँग कूटनीतिक सम्बन्ध टुटाउने निर्णय गरेको सरकारी समाचार संस्थाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गरी बिहीबार जनाएको छ ।

जेलेन्स्कीले टेलिभिजनको एउटा सम्बोधनमा युक्रेनले आफ्नो सुरक्षा गरिरहेको र आफ्नो भूगोलमा सैन्य आक्रमण गर्ने रूससँगको कुटनीतिक सम्बन्ध बिच्छेद गर्ने बताएका हुन् ।

यस आक्रमणमा ४० जनाभन्दा बढी युक्रेनी सैनिक र लगभग १० सर्वसाधारण मारिएको उनले पुष्टि गरे । यसअघि बिहिबार नै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विशेष सैन्य अपरेशन’ को अनुमति दिएका थिए । युक्रेनले देशभरका सैनिक प्रतिष्ठानहरु आक्रमणमा परेको पुष्टि गरेको छ ।

प्रतिकृया दिनुहोस्