News Portal

माओवादी केन्द्रले चुनावमा ‘लोकप्रिय’ उम्मेदवार उठाउने

रातोपोस्ट संवाददाता
४४५ पटक

काठमाडाैं, २४ फागुन । स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्र तयारीमा केन्द्रित हुने भएको छ। गत शुक्रबारदेखि सोमबारसम्म भएकाे केन्द्रीय कमिटी बैठकले माओवादी स्थानीय चुनावमा पार्टी होमिने बताएको हो। नेता वर्षमान पुनले अब पार्टी स्थानीय चुनाव केन्द्रित रहने बताए। उनका अनुसार स्थानीय चुनावका लागि पार्टीले लोकप्रिय उम्मेदवार तय गर्नेछ।

स्थानीय चुनावमा सम्पूर्ण शक्ति लगाउने पनि माओवादी तयारी छ। केन्द्रीय कमिटीबाट दुई महिनाका लागि निर्वाचन केन्द्रित कार्यक्रम तय भएका छन्। केन्द्रीय सदस्यको कार्यविभाजन गरेर सबैलाई प्रदेश, जिल्ला र पालिकामा केन्द्रित गर्ने निर्णय भएको नेता पुनले जानकारी दिए।

स्थानीय चुनावमा आवश्यक तालमेल हुन सक्ने पनि माओवादीको भनाइ छ। कार्यदल बनाउने र स्थानीयदेखि केन्द्रसम्म तालमेलका लागि संवाद गर्ने पुन बताउँछन्। ‘जहाँजहाँ अन्य दलसँग तालमेल गर्न सकिन्छ त्यहाँ गठबन्धन हुन्छ,’ उनले भने, ‘गठबन्धन नभए हामी आफ्नै खुट्टामा उभिएर आफ्नै शक्तिमा भर गरेर निर्वाचनमा जान्छौं।’ ०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ।

प्रतिकृया दिनुहोस्