News Portal

दुई वर्षपछि झापामा होलीको उल्लास

रातोपोस्ट संवाददाता
३१७ पटक

झापा, ४ चैत्र । आज फागू पूर्णिमा अर्थात तराई होली पर्व । आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने यो पर्व पनि अघिल्ला वर्ष भन्दा उत्साहपूर्ण रुपमा मनाइएको छ ।

दुई वर्ष (काेभिड) कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धात्मक व्यवस्थाका कारण अघिल्ला दुई वर्ष ठूलो समूहमा सार्वजनिक स्थल गाउँटाेमा होली खेल्न रोक लगाइएको थियो ।

यस वर्ष भने कोरोना महामारी करिब नियन्त्रणमा रहेका कारण झापाकाे धेरै क्षेत्रमा युवाहरुले सार्वजनिक स्थलमा हर्षोल्लासपूर्वक होली मनाए । झापाकाे अधिकाशं ठाउँहरूमा होली खेल्नेहरुको ठूलो समूह भेला भएका थिए भने झापाकाे सबैजसो टोलमा अघिल्ला वर्ष भन्दा धेरै मानिसहरु होली खेल्न सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस्