News Portal

स्थानीय चुनाव : उम्मेद्वारी दर्ता वैशाख ११ र १२ गते

रातोपोस्ट संवाददाता
७२४ पटक

झापा, ४ चैत । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेद्वारी दर्ता हुने भएको छ ।निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेद्वारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।

उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेवारको नाम सार्वजनिक गरिनेछ । उम्मेद्वारले नाम फिर्ता लिन चाहे १६ गते सकय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशित गरिने छ । १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।

३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेखि मौन अवधि लागू हुनेछ ।

प्रतिकृया दिनुहोस्