News Portal

प्रदेश १ मा होली : ६७८ सवारी नियन्त्रणमा, दुर्घटनामा २ युवकको मृत्यु

रातोपोस्ट संवाददाता
२६३ पटक

मोरङ, ४ चैत्र । होलीको रौनकका बीच उच्छृङ्खल गतिविधि गर्ने र मापसे गरी कुदाएका १ सय ७८ जना सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आजकै दिन २ जनाको तीब्र गतिमा मोटरसाइकल चलाएको कारण दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय सुनसरी इटहरीका अनुसार आज साँझसम्ममा प्रदेशको तराई जिल्ला सुनसरीमा ९९ मोटरसाइकल र २ वटा अटो, झापामा १ सय ६४ वटा मोटरसाइकल र मोरङमा ४ सय १३ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।
कारवाहीमा परेका सवारी साधनलाई आजै जरिवाना गरि छाड्ने प्रहरीले जनाएको छ । मोरङ प्रहरीले मापसे सेवन गरि उच्छृङ्खल गतिविधि गर्ने ७ जना मानिस नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान गर्ने जनाएको छ ।

दुर्घटनामा परी दुई युवाको मृत्यु

होलीमा मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउने दुई जना युवाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ कटहरी–५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका–१ का १८ वर्षीय रिसभ चौधरी रहेका छन् ।

ग्रामथान–१, लखन्तरीस्थित पश्चिमतर्फ जाँदै गरेको को २५ प ८५५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुवैजना मोटरसाइकलमा सवार थिए । दुर्घटनामा परी घाइते भएका उनीहरूको उपचारको क्रममा विराट मेडिकल कलेजमा आज दिउँसो मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्