News Portal

युक्रेनमा रुसी पत्रकारको मृत्यु

रातोपोस्ट संवाददाता
४६३ पटक

काठमाडौं, १० चैत्र । रुसी फौजको गोलाबारीका कारण युक्रेनको राजधानी किभमा एकजना रुसी पत्रकार मारिएकी छिन् । अनलाइन समाचार पोर्टल द इन्साइडरमा काम गर्ने रुसी पत्रकार ओक्साना बौलिनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

उनी काम गर्ने संस्थाले दिएको जानकारीअनुसार किभको पोदिल क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्ने क्रममा उनको रुसी फौजको गोलाबारीमा परी मृत्यु भएको हो । घटनामा उनीसँगै अर्काे व्यक्तिको पनि मृत्यु भएको र दुई जना घाइते भएको बताइएको छ ।

यसअघि उनले राजधानी किभ र पश्चिमी शहर लभिभबाट समाचार संकलन गर्दै आएको द इन्साइडरले जानकारी दिएको छ । उक्त समाचार संस्थाले उनको परिवारप्रति ‘गहिरो समवेदना’ व्यक्त गरेको जनाएको छ । युक्रेनमा जारी एक महिना लामो युद्धका क्रममा हालसम्म सात जना पत्रकारको ज्यान गइसकेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्