News Portal

मेचीनगरमा अर्गानिक तरकारी खेती सम्बन्धी ३ दिने तालिम सम्पन्न

रातोपोस्ट संवाददाता
३४६ पटक

झापा, १२ चैत । मेचीनगरमा अर्गानिक तरकारी खेती सम्बन्धी ३ दिने अभिमूखिकरण तालिम सम्पन्न भएकाे छ । नारी कल्याणकारी बिकास संस्थाकाे आयाेजनामा थाेप्ले विरान सामुदायीक वनमा अर्गानिक तरकारी खेती सम्बन्धी ३ दिने अभिमुखीकरण तालिम सम्पन्न भएकाे हाे । ३ दिन सम्म सञ्चालित तालिममा विर्तामाेड कृषि शाखाका प्रमुख राजेन्द्र कडरिया र डि एन्ड बि का सञ्चालक डिल्ली उप्रेतीले सहजीकरण गरेका थिए ।

प्रशिक्षक उप्रेतीले अर्गानिक तरकारी खेतिमा लागेर बजारमा विषादीको तरकारी राेक्नु पर्ने बताए । मैले सिकाउनुको मुख्य उद्देश्यनै यही हो, त्यसैले एनी हाउ तरकारीमा आत्मनिर्भर बनाऔ ” भन्ने उद्देश्य रहेकाे उनले बताए । उक्त तालिम समापनको अवसरमा प्रमुख अतिथि मेचीनगर- १० का वडा अध्यक्ष गाेपाल खड्काले तालिममा सिकेका कुराहरुलाई व्यवहारिक प्रयोगमा ल्याउन सक्नु पर्नेमा जोड दिए । कृषीमा आत्मनिर्भर रहन सिप र जोस जागर चाहिने बताउॅंदै वडा कार्यालयले कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्न लागि परेको वडा अध्यक्षकाे भनाई छ ।

सञ्जिवनी महिला विकास संस्थाकी अध्यक्ष रेनुका डांगीले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न सके मात्रै त्यसले अर्थ रहने उनले बताइन् । तरकारी खेति लगाएर आत्म निर्भर भए मात्र महिलाहरुकाे जिवन स्थिर अघि बढ्ने उनले बताइन । यस्ता खालका तालिमहरुले कृषकहरुको सिप र क्षमता विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउदै आगामी दिनहरुमा पनि यस खालका तालिमहरु संचालन गरी कृषकहरुलाई सहभागी गराउन सकेमा व्यवसायिक उत्पादनमा अझ मद्धत पुग्ने तालिममा सहभागिको पुरुष तर्फबाट पुष्प दाहालले बताए । याे तालिमले अब झाेला लिएर तरकारी किन्न बजार जाने दिनकाे अन्तय भएकाे उनले बताए ।

तालिममा सहभागि अर्का महिला तारा पाैंडेलले तालिम सिकेर कृषी क्षेत्रमा उर्जा मिलेको बताइन । उनी भन्छिन- तालिमले तरकारी खेति कसरी गर्ने, विरुवालाई कुन- कुन समयमा के दिने भन्नेबारेमा तालिमले महत्वपुर्ण ज्ञान दिएकाे बताइन् । तालिम कार्यक्रम सम्पन्न गर्दै नारी कल्याणकारी बिकास संस्थाकी अध्यक्ष जानुका ओलीले नारी समाजको उद्देश्य अनुरुप आय आर्जनको लागि महिलाहरुले परम्परगत खेती प्रणालीमा नभइ आत्मनिर्भर तर्फ लाग्न नगदेबलीमा केन्द्रित हुनुपर्नेमा जोड दिइन ।

कार्यक्रमा पारिजात महिला संञ्जालकी सहसचिव रमा भण्डारी , थाेप्ले बिरान पशुपालक कृषि समुहका अध्यक्ष इन्द्र पाठक, वान नेपालकी अध्यक्ष मिरा पाेखरेल, धुलाबारी खानेपानी उपभोक्ता समितिका सचिव कञ्चन तामाङ, थाेप्ले बिरान महिला कृषि समुहकी अध्यक्ष मन्जु कटेल, सञ्जिवनी महिला विकास संस्थाकी अध्यक्ष रेनुका डांगीले शुभकामना दिएका थिए । कार्यक्रमकाे सञ्चालन संस्थाकी सचिव लक्ष्मी श्रेष्ठले गरेकी थिइन भने सभापति संस्थाकी अध्यक्ष जानुका ओलीको रहेको थियो । सांसद गाेपालचन्द्र बुढाथाेकी मार्फत प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतकाे २ लाख बजेटबाट तालिम दिएकाे थियाे । संस्थाले चैत ८,९ र १० गते ६० जना अगुवा कृषक छनोट गरी तालिम दिएकाे हाे ।

प्रतिकृया दिनुहोस्