News Portal

प्रचण्ड-माधव नेपालसँग विप्लवका नेताहरुको भेटवर्ता

रातोपोस्ट संवाददाता
३७६ पटक

काठमाडौँ, ४ बैशाख । विप्लव नेकपाका शीर्ष नेताहरूले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूसँग भेट गरेका छन् ।

आइतबार नेकपा विप्लवका सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला (कन्चन) र हेमन्तप्रकाश वली (सुदर्शन) ले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका हुन् । उनीहरूबीच कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भेट भएको हो ।

केही दिन अघि कपिलवस्तुमा बसेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विप्लवको बैठकले चुनावमा सहभागिता नजनाउने र बहिष्कार पनि नगर्ने निर्णय गरेको थियो । यो निर्णयलाई लिएर पार्टीमा मतभेद छ । नेकपा विप्लवका कन्चन र सुदर्शनले पछिल्लो समय ठूला दलका शीर्ष नेताहरूसँग भेटघाट गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्