News Portal

मेचीनगरमा एकीकृत समाजवादीको कार्यालय उद्घाटन

रातोपोस्ट संवाददाता
४२१ पटक

झापा, ६ बैशाख । झापाकाे धुलाबारीमा एकीकृत समाजवादी पार्टीले मेचीनगर निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गरेकाे छ । मंगलबार मेचीनगर- १० स्थित धुलाबारीमा पुर्व प्रधानमन्त्री तथा एकिकृत समाजवादीका नेता झलनाथ खनालले ब्यान पढेर कार्यालय उद्घाटन गरेका हुन ।

कार्यक्रममा समाजवेदी पार्टीका पाेलीब्युराे सदस्य भाष्कर काफले, केन्द्रीय सदस्य पुष्प पाेखरेल, लिलामणि बराल, जिल्ला अध्यक्ष बेदराज रेग्मी, सुभद्रा भट्टराई, केन्द्रीय सल्ललाकनर पुष्प खरेल, लक्ष्मी चित्रकार र खेलकुद मंहासघका प्रदेश १ का संयाेजक शंखर थापालगायतकाे आतिथ्यता रहेकाे थियाे ।

कार्यालय उद्घाटनका कार्यक्रमकाे अध्यक्षता एकिकृत समाजवादी पार्टीका मेचीनगर अध्यक्ष अर्जुन पाैडेलले गरेका थिए भने सञ्चालन नगरका सचिव हरी तिम्सिनाकाे रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्