News Portal

माओवादी र कांग्रेसले तालमेल गरेपछि एसले ललितपुरमा घोषणा गर्‍यो मेयर–उपमेयर

रातोपोस्ट संवाददाता
५८९ पटक

काठमाडौं, ११ बैशाख । सत्ता गठबन्धनभित्र रहेको नेपाली कांग्रेस र माओवादी केन्द्रले ललितपुरमा भागबन्डा गरेपछि गठबन्धनकै अर्को दल एकीकृत समाजवादीले अलग्गै उम्मेदवार घोषण गर्न थालेको छ। एकीकृत समाजवादीका ललितपुर सहईन्चार्ज अमृत तिमल्सिनाका अनुसार अब जिल्लाभरी सबै स्थानीय तहमा अलग उम्मेदवार उठाइने छ।

‘महानगरबाट विद्रोह सुरु गरेका हौं। ललितपुरका सबै पालिकाहरुमा अलग उम्मेदवारी दिन्छौं’, उनले भने। पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए।

यसअघि सत्ता गठबन्धनमा भएको भागबन्डामा ललितपुरको मेयर कांग्रेस र उपमेयर माओवादी केन्द्रले पाएका थिए। आइतबार यी दुवै दलका प्रदेश कमिटीले ललितपुरका बाँकी पालिकामा पनि भागबन्डा गरेका थिए। उक्त भागबन्डामा उनीहरूले एकीकृत समाजवादीलाई कुनै पालिकामा पनि प्रमुख र उपमप्रमुख दिएका थिएनन्।

प्रतिकृया दिनुहोस्