News Portal

शिबसताक्षी-२ मा स्वतन्त्र उम्मेदवार बुढाथोकी घरदैलोमा व्यस्त

जनताकाे सेवक भएर काम गर्ने

रातोपोस्ट संवाददाता
१४३२ पटक

झापा, २२ बैशाख । झापाकाे शिवसतासी वडा नम्बर- २ मा वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका काजीमान बुढाथोकी घरघरमा पुगेर स्थानीय मतदातासंग मत माग्न व्यस्त देखिएका छन् । स्थानीय तह निर्वाचनको मिति जति जति नजिकिदै गईरहेको छ बुढाथोकीले घरदैलो कार्यक्रम समेत त्यही गतिमा तीव्रता दिएका छन् ।

यसैक्रममा बुढाथोकी वडाकाे हिमाली चाैक मंगलबारे र किसान चाैकमा घरदैलो कार्यक्रम गरेका हुन् । चाैक-चाैकमा जनता माझ पुगिरहेका बुढाथोकीले वडाको विकासमा राजनीतिकरण भईरहेकाले आफू स्वतन्त्र रुपमा विकासकै लागि आएको भन्दै मतदातालाई रिझाउने प्रयास गरिरहेका छन् मतदाताहरु समेत वडाको वर्तमान कार्यशैलीप्रति असन्तुष्ट रहेको गुनासो बुढाथोकीलाई सुनाएका थिए । मतदाताहरुको मन बुझ्ने प्रयासको रुपमा समेत बुढाथोकीले घरदैलो कार्यक्रमलाई प्रयोग गरिरहेका छन् ।

मतदाताहरुले वडामा भ्रष्टाचार बढ्दै गईरहेको असन्तुष्टि सुनाएपछि उनले आफू वडामा निर्वाचित भए भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता अपनाउने प्रतिवद्धता व्यक्त गरे । बुढाथोकीले वडालाई वर्तमान वडा अध्यक्ष जस्तै कार्यकर्ता भर्तिकेन्द्र बनाउनुभन्दा वडा वडालाई विकासको काममा सक्रिय बनाउने बताए ।
राजनितिक दलका नेताहरु जनता ठग्न समाजसेवा गर्न चाहनेलाई पनि विभिन्न आरोप लगाउने गरेको बताउदै उनले आफनो नजिकको सरकारको मुखिया कस्तो छान्ने भन्ने कुरा जनताले बुझिसकेका छन् । त्यसैले आफू वडाकाे कुर्सी सम्हालेर वडाकाेको विकासका लागि निस्वार्थ भावले केही गर्न खोज्ने आफ्नो सपना रहेको बताए ।

प्रतिकृया दिनुहोस्