News Portal

मेचीनगर उपप्रमुख बजगाई भन्छिन् : म सबैको साझा उम्मेद्वार हुँ

रातोपोस्ट संवाददाता
१२४३ पटक

झापा, २७ बैशाख । मेचीनगर नगरपालिकाको उपप्रमुख पदमा राप्रपाबाट उम्मेद्वार बनेकी सविना बजगाईले आफु सबैको साझा उम्मेद्वार भएको बताएकी छिन् । ठुला भनिएका दलले नगरपालिकामा नेतृत्व गरेर पनि आम नगरबासीको पक्षमा काम गर्न नसकेकाले पनि यो चुनावमा आफुलाई सबैले मतदान गर्ने सविनाले बताइन् ।

‘चुनाव प्रचारमा हिड्दा गाउँ गाउँमा उत्साह देखेको छु,’ मेचीनगरमा भएकाे घरदैलो कार्यक्रम समापनमा उनले साे कुरा बताएकी हुन् । नगर भरी सबै वडामा जनताको आक्रोस रहेकाे हुनाले यस पल्ट मलाई मत दिनेमा विश्वास रहेकाे उनले भनाइ रहेकाे थियाे ।

घरदैलोमा जाँदा सबैको माया पाएको र सबैले यसपाली राप्रपालाई भोट दिने भनिरहेका कारण पनि आफु सबैको साझा उम्मेद्वारका रुपमा रहेको सविनाले बताइन् । ‘नगरबासी सबै तिरबाट वाक्क भइसकेका रैछन’ उनले भन्निन, ‘अब राप्रपालाई एक मौका दिने सबैले खुलेरै भन्न थालेको छन ।’ ठुला भनिएका दलहरुले सहर केन्द्रित देखावटी मात्रै काम गरेको भए पनि नगरका भित्रि गाउँ जनताका लागि अहिलेसम्म नगरपालिकाको पहुँच पुग्न नसकेका कारण पनि त्यसमा राप्रपाको नेतृत्वले मसिनो ढंगबाट काम गर्ने सविनाले बताएकि छिन् । यो पटकको चुनावमा पहिलो रोजाईमा राप्रपा नै परेकाले पनि आफु विजयी हुने कुरामा ढुक्क रहेको सविनाले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्