झापा, ३१ बैशाख । अर्जुनधारा नगरपालिकामा स्थानीय निर्वाचनको मतगणना अझै सुरु हुन सकेको छैन । यसअघि सर्वदलीय बैठकबाट बिहानको ११ बजेबाट सुरु गर्ने सहमति भएको थियो । तर, १२ बजेर १५ मिनेट बितिसक्दा पनि मतगणना सुरू हुन सकेकाे छैन । हिजो निर्धारित समयमै सुरक्षित तवरबाट मतदान कार्य सम्पन्न भए पनि मतगणना भने हुन सकेको थिएन । ११ वटै वार्डबाट मतपेटिका ल्याउने क्रममा १० नम्बर वडाको मतपेटिकामा केही त्रुटि भएपछि मतगणना हुन नसकेको हो । मतपेटिका ल्याउने क्रममा वडा नम्बर १० को एउटा मतपेटिकाको एकापट्टिको सिल चुट्टिएको पाइएपछि अन्योल सिर्जना भएको थियो । मतगणना स्थलमा बस्ने दलीय प्रतिनिधिहरुको नागरिकता, परिचयपत्रलगायत कागजात व्यवस्थित गर्ने कार्य भइरहेकाले समय लागेको बताइएको छ । बैठकले वडा नम्बर १ बाट मतगणना सुरु गर्ने निर्णय लिएको थियो । अहिले नगरपालिका बाहिर वरपर पार्टी कार्यकर्ता तथा मतदाताहरुको भीड लागेको छ । यस नगरमा ५३ हजार ७४५ कुल मतदाता संख्या रहेको यस नगरमा यसपटकको निर्वाचनमा ३८ हजार ५२३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । समग्रमा ७१ दशमलव ६८ मत खसेको छ ।
- एनएमसीलाई प्रश्न: घरघरमा ट्याग राखेर अस्वस्थ प्रतिस्पर्धा किन ?
- एनएमसी फलोअप: सदस्यको घरमा राखिएको ट्याग हटाउन यसअघि नै आएको थियो निर्देशन
- राज्यको एउटा निर्णयले ‘बिचल्ली’मा किसान
- मिल्यो बालकल्याण माविको कुटपिट घटना
- झाडी बन्दैछ महिला सीप विकास केन्द्रको भवन
- धरमपुर बचत तथा ऋण सहकारीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
- बलात्कारको आरोपमा पक्राउ परेका पूर्व नगरप्रमुख शिवाकोटी अस्पताल भर्ना
- उद्घाटनमै सीमित त बन्दैन ‘ट्राफिक टाइम कार्ड’ ?
- लोकतन्त्रको मजबुतीका लागि अध्ययन र अन्तरक्रिया
- मेची कृषकको साधारण सभामा सम्मान