News Portal

मेचीनगरमा मतगणना सुरु

रातोपोस्ट संवाददाता
४८४ पटक

झापा, ३१ वैशाख । झापाकाे मेचीनगर नगरपालिकामा मतगणना सुरु भएको छ । मतगणनाको सबै तयारी पुरा भएपनि बिभिन्न दलका जनप्रतिनिध समयमा नआउँदा तोकिएको समयभन्दा ढिला गरी मतगणना सुरु भएको हो । मेचीनगर वडा नम्बर १ देखि मतगणना सुरु गरिएको निर्वाचन कार्यलय मेचीनगरले जानकारी गराएको छ ।

वडा नम्बर १ मा ३ हजार ५ सय १६ मत खसेको थियो । १५ वटा वडा रहेको मेचीनगरमा जम्मा ९० हजार २ सय २ मतदाता रहेका छन् । जसमध्ये ६३ हजार ६ सय ८८ मत खसेको छ ।

प्रतिकृया दिनुहोस्