News Portal

मेचीनगरमा काँग्रेसको अग्रता

रातोपोस्ट संवाददाता
७०२ पटक

झापा, ३१ बैशाख । मेचीनगर नगरपालिकामा जारी मतगणनामा फेरि नेपाली काँग्रेसले अग्रता लिएको छ । वडा नं. १ को २७८ मत गणना भइसक्दा काँग्रेसका नगरप्रमुखका उम्मेद्वार इन्द्र बहादुर बुढाथोकीले १ सय १९ मत प्राप्त गरेका छन । एमालेका प्रमुखका उम्मेद्वार गोपाल बुढाथोकीकाे १ सय १२ मत रहेकाे छ । त्यस्तै राप्रपाका प्रमुखका उम्मेद्वार रमेश दहालले २० मत रहेकाे छ ।

त्यसैगरी उपप्रमुखमा एमालेकी उम्मेद्वार मिना उप्रेतीले १ सय १२ मत ल्याउँदा माओवादीका प्रकाश भण्डारीले ७२ मत रहेकाे छ भने राप्रपाका उपप्रमुखका उम्मेद्वार सविना बजगाईले ३६ मत रहेकाे छ । वडा नं १ को वडा अध्यक्षमा समेत काँग्रेसका उम्मेद्वारले नै अग्रता लिएका छन । वडा अध्यक्षमा काँग्रेस उम्मेद्वार हेमलाल गुरागाईले १ सय २२ मत प्राप्त गर्नु भएको छ भने एमालेका उम्मेद्वार रामकुमार राईले १ सय १२ मत रहेकाे छ ।

महिला सदस्यमा एमालेको ११८, काँग्रेसको ११२ मत प्राप्त भएको छ भने दलित महिला सदस्यमा एमालेको १२० र काँग्रेसको ११५ मत आएको छ । त्यस्तै खुल्ला सदस्यमा एमालेको ११७ र १०८ मत आएको छ भने काँग्रेसको ११५ र माओवादीको १०२ मत आएको छ ।

प्रतिकृया दिनुहोस्