News Portal

मेचीनगर : भित्र मतगणनामा ढिलाइ, बाहिर नतिजाको पर्खाइ

नवराज सुवेदी
६४६ पटक

झापा,१ जेठ । मेचीनगर नगरपालिका परिषरमा यतिबेला मतगणना भइरहेको छ भने बाहिर नतिजा पर्खनेको भिड छ । हिजो निक्कै ढिला गरि शुरु भएको गणनाले अहिले पनि गति लिन सकिरहेको छैन । हिजो अबेर शुरु भएको गणना राती फेरि अवरुद्द भएको थियो । त्यसपछी आज सर्वदलिय वैठक पछि मात्रै शुरु भयो । अहिलेसम्म लगभग ६ सयको हाराहारीमा मात्रै गणना भएको जानकारी छ ।

जसले गर्दा सुचनाको पर्खाइमा रहेका आम नागरिक कतिबेला नतिजा आउँछ भन्ने पर्खाइमा छन । नगर परिषरमा मतगणना भइरहेपनि बाहिर रहेका मानिस भने कतिबेला माइकमा नतिजा आउँछ भनेर पर्खाइमा छन ।

एक ठाउँ मात्रै गणना भइरहेकाले नतिजा आउन ढिलाइ भएको सम्बन्धित अधिकारीहरु बताउँछन । अब आजबाट भने गणना गर्ने ठाउँ बढ्ने भएकाले केही छिटो नतिजा आउने उनीहरुको भनाइ रहेकाे छ ।

प्रतिकृया दिनुहोस्