रातोपोस्ट संवाददाता
झापा, २ जेठ । भद्रपुरमा काँग्रेस-माओवादी गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै राप्रपा विजयी भएको छ । भद्रपुर वडा नम्बर ३ मा राप्रपाले वडाध्यक्षसहित प्यानल नै जितेको हो । राप्रपाबाट उम्मेदवार बनेका हेमबहादुर कार्की वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
उनले गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका शमशेर तामाङ र एमालेका कमला थुलुङलाई पराजित गरेका हुन् । कार्की १०१४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तामाङले ९४५ र थुलुङले ८३७ मत ल्याएका छन् ।
त्यस्तै खुला वडा सदस्यमा राप्रपाबाट पूर्णमाया सुब्बा लिम्बु ९५५ र मुदिलाल गणेश ९७३ मत ल्याई निर्वाचित भएका छन् । महिला सदस्यमा भुबामाया थापा पुलामी ९५५ र दलित महिला सदस्यमा शोभा दर्जी १००९ मत ल्याई राप्रपाबाटै निर्वाचित भएका छन् ।