रातोपोस्ट संवाददाता
काठमाडौँ, २ बैशाख । काठमाडौँ महानगरपालिकाबाट प्राप्त पछिल्लो परिणामअनुसार उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोल निकै अगाडी छिन् ।
झण्डै ९ हजार मत गणना हुँदा डंगोलले सबै प्रतिष्पर्धीलाई उछिन्दै ५८४४ मत प्राप्त गरेकी छन् । जुन गणना भएको मतको झण्डै दुई तिहाई हो ।
गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६०९ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनिता मगैयाले ७६२ मत पाएकी छन् । यस्तै, विवेकशील साझा पार्टीकी कृति कंसाकरले ३५ मत प्राप्त गरेकी छन् ।