News Portal

भद्रपुरमा माओवादीले खोल्यो खाता

रातोपोस्ट संवाददाता
६२५ पटक

झापा, २ जेठ । नेकपा माओवादी केन्द्रले झापामा खाता खोलेको छ । भद्रपुर नगरपालिका-४ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको हो ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका हंशधर राजवंशीले नेकपा एमालेका पूर्णबहादुर लिम्बूलाई ३३१ मतले पराजित गरेका हुन् । राजवंशीले १२६६ र लिम्बूले ९३५ मत ल्याएका छन् ।

त्यस्तै सदस्यमा भने एमालेका तीन र माओवादीका एक जना निर्वाचित भएका छन् । खुल्ला सदस्यमा एमालेका माधवप्रसाद अधिकारी ९४२, अर्जुन बानिया ८९८ र दलित महिला सदस्यमा सावित्रा विश्वकर्मा ८६५ मतसहित विजयी भएका छन् भने महिला सदस्यमा माओवादीकी सविता पुरी १०२० मत ल्याई निर्वाचित भएकी हुन् ।

वडा नम्बर ४ को अध्यक्ष र महिला सदस्यमा विजयी भएर झापामा माओवादी केन्द्रले खाता खोलेको छ । माओवादीले २०७४ सालको निर्वाचनमा अध्यक्ष र दुई जना सदस्य जित हासिल गरेको थियो । गठबन्धन हुँदा पनि माओवादीले एक खुला सदस्य पद गुमाएको छ भने नेपाली काँग्रेस एक खुला सदस्य र एक जना दलित महिला सदस्यमा पराजित भएको छ ।

प्रतिकृया दिनुहोस्