News Portal

मेचीनगरमा मतगणनाको जानकारी पाउनै मुस्किल, निर्वाचन अधिकृत फुयालकाे अटेरीपन ज्यादा !

रातोपोस्ट संवाददाता
६२५ पटक

झापा, ३ जेठ । झापाको मेचीनगर नगरपालिकामा मत गणनाको आधिकारिक जानकारीका लागी गणना-स्थल परिसरमा सुचना डेक्सको व्यवस्था नहुदा सञ्चारकर्मीहरुलाई सुचना संकलनमा असहज भएको छ । जसका कारण जनताले मेचीनगरको मत परिणाम कस्तो आउदै छ भन्ने जानकारी पाउन सहज रुपमा सकिरहेका छैनन् ।

नगरपालिकाको प्राङ्गणमा एलइडि टिभिको व्यवस्था गरिएता पनि बेलुकी ५ बजे बितिसक्दा पनि विहान ७ बजेको मतपरिणाम यथावत भएकाले स्थानियको गुनासो अधिक देखिन्छ ।

न कुनै सुचना संयन्त्र , न कुनै समन्वय । निर्वाचन अधिकृत वेदराज फुयाललाई पत्रकारहरुले पटक पटक आग्रह गरिरहदा पनि अटेरीपन देखाउदै आफू पन्छिएको मेचिनगर प्रेस क्लवका सदस्य उमेश खतिवडाले बताए ।

मतगाणनाको सुचना पाउनुपर्ने हरेक जनताको अधिकार हो तर मेचीनगरको मत गणना क्षेत्रमा सुचना डेक्स अथवा मत गणनाको जानकारी दिने कुनै संयन्त्र नहुदा सुचना प्रवाहमा समस्या भएको छ । साथै जनताहरु मतगणनाको जानकारी पाउनबाट बञ्चित भएका छन् । मतगणना स्थल सम्वेदनशिल भएका कारण त्याहा पत्रकार जान नदिन स्वभाविक हो तर निर्वाचन कार्यालयले सुचना दिने व्यवस्था समेत गरेकाे छैन ।

नगरपालिकाको मुख्य गेट अगाडी बसिरहेका जनाताका लागी माईकिङ गरिन्छ तर त्यो ३ देखी ४ घण्टाको अन्तरालमा पनि बल्ल जानकारी दिईन्छ कहिले त्यो पनि छैन ।

पत्रकारहरुले भित्र गणनामा खटिएका राजनितिकि दलका प्रतिनिधिहरु बाहिर निस्कदा मात्रै कसैकसैबाट जानकारी पाउछन् । यसरी मेचीनगरको मतगणनाको ताजा अपडेटका लागी सुचना दिने व्यवस्था मिलाउनुपर्ने पत्रकारहरुले माग गरेका छन् ।

निर्वाचन कार्यालय व्यवस्थापन फितलो भएकाे कारण जनताहरु सुचनाकाे अधिकारबाट बन्चित भएका छन् ।

प्रतिकृया दिनुहोस्