रातोपोस्ट संवाददाता
झापा, ५ बैशाख । झापाकाे मेचीनगरमा नेकपा माओबादी केन्द्रले बिजयको खाता वडा नं. १४ बाट खोलेको छ । सो वडाको अध्यक्ष पदमा गठबन्धनका उम्मेद्वार बाबुलाल सुब्बा बिजयी भएका छन् ।
उनको निकटतम प्रतिष्पर्धी नेकपा एमालेका शंकर पोखरेल रहेका छन् । पोखरेल निवर्तमान वडा अध्यक्ष हुन् । २०७४ को चुनावमा सुब्बा पोखरेलसँग पराजित भएका थिए ।
एमालेको किल्लाको रुपमा मानिएको यस वडामा यसपाली सुब्बाले पोखरेललाई पराजित गरेका छन् । सम्भवतः २०४८ सालको चुनाव यता यस वडामा एमालेले लगातार जितिरहेको थियो । बिजयी भएका सुब्बा कराते खेलका अन्तर्राष्ट्रिय पदक प्राप्त नेपाली खेलाडी हुन् । उनी सामाजिक सेवामा पनि अग्रणी छन् ।