News Portal

गठबन्धनलाई हराउँदै मेचीनगर नगरमा एमाले विजयी

रातोपोस्ट संवाददाता
२८९ पटक

झापा, १० जेठ । झापाकाे मेचीनगर नगरपालिकाको प्रमुख पदमा एमालेका गोपालचन्द्र बुढाथोकी भारीमतका साथ निर्वाचित भएका छन् । मंगलबार विहान निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले दिएको जानकारी अनुसार नगरको प्रमुख पदमा बुढाथोकी ५ हजार १ सय ६७ मतको अन्तरले विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धि गठबन्धनबाट कांग्रेसको तर्फका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३ सय ११ मत मात्र प्राप्त गरेका छन् । नगरप्रमुखमा विजयी बुढोथोकीले २६ हजार ४ सय ७८ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ । मेचीनगरमा कुल ६३ हजार ६ सय ८८ मत खसेको थियो ।

त्यस्तै राप्रपाका रमेश दाहालले ३ हजार ८ सय ९५, मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हले १ हजार ८ सय ८७ मत , साइकल चिन्हले १९१ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ । यता नगरको उपप्रमुखमा मिना पोखरेल उप्रेती पनि भारिमतका साथ विजयी भइन् । उनले ८ हजार ७७२ मतको अन्तरले प्रतिसपर्धिलाई हराउदै विजयी भइन् । उनले २१ हजार ५९० मत ल्याएकी थिइन् ।

उनका प्रतिस्पधिहर्रु गठबन्धनको माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८, राप्रपाकी सविना बजगाईले ९ हजार ८८०, स्वतन्त्रबाट उम्मेद्वार बनेका डिल्लीराम घिमिरेले पानीको धारा चिन्हबाट १ हजार १९९, मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हले २ हजार २४ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

नगरका १५ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा कांग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ।

प्रतिकृया दिनुहोस्