News Portal

सिन्धुपाल्चोकमा घरमा एम्बुलेन्स पस्दा सुतिरहेकी वृद्धाको मृत्यु

रातोपोस्ट संवाददाता
३१३ पटक

सिन्धुपाल्चाेक, १२ जेठ । सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्ड अन्तर्गत दुई किलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ।

सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित दुई किलोमा गए राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडक छेउको एक घरमा छिरेको थियो।

‘घुम्ती मोड्न नसकेर एम्बुलेन्स सडक छेउको घरमा पुग्दा घरभित्र रहेकी ७५ वर्षीया मनमाया खड्का गम्भीर घाइते हुनु भएको थियो। उहाँलाई उपचारका लागि अस्ताल लगिएकोमा गए राति नै उहाँको मृत्यु भएको छ,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रामेश्वर यादवले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्