रातोपोस्ट संवाददाता
काठमाडौँ, १२ जेष्ठ । काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’को मत ६० हजार नजिक पुगेको छ ।पछिल्लो मत परिणाम अनुसार महानगरको १ लाख ८३ हजार ६ सय ७९ मत गन्दा साहले ५९ हजार १ सय ४९ मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत पाएकी छन् भने एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत ल्याएका छन् ।
यसैबीच, उपमेयरमा भने एमालेकी सुनिता डंगोलले सबैभन्दा धेरै मत पाएकी छन् । उनले अहिलेसम्म ६६ हजार ८ सय ७८ मत प्राप्त गरेकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत पाएका छन् । मेयरमा बालेन र उपमेयरमा सुनिताले मतगणना गर्न बाँकी मत सङ्ख्या भन्दा धेरैको अग्रता लिइरहेकाले दुवैको जित सुनिश्चित छ ।