News Portal

काँकरभिट्टामा जारी प्रथम केएफटिसी सिटी लिगमा ह्याप्पी क्लब विजयी

रातोपोस्ट संवाददाता
४१३ पटक

झापा, १४ जेठ । झापाको मेचीनगरमा आजदेखि सुरु भएको “प्रथम केएफटिसी सिटी लिग यु–१४” फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ह्याप्पी क्लब विजयी भएको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा भएको उद्घाटन खेलमा क्लासिक वारियर्सलाई १–० गोल अन्तरले पराजित गर्दै ह्याप्पी क्लबले लिगमा सुखद् सुरूवात गरेको हो ।

टिमलाई अग्रता दिलाउने क्रममा ह्याप्पीको तर्फबाट विनय सार्कीले पहिलो हापको १५ औ मिनेटमा गोल गरेका थिए । त्यही गोल नै खेलको निर्णयक सावित बन्यो । अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टिमले थुप्रै अवसरहरु सदुपयोग गर्न सकेका थिएनन् ।

आजको खेलको म्यान अफ द म्याच विजेता टिम ह्याप्पी क्लबका आदित्य ढुङ्गेल घोषित भए उनले नगद पाँच सय प्राप्त गरे । त्यस्तै इमर्जीगं प्लेयरका रुपमा ह्याप्पी क्लबकै गोल किप्पर प्रनिस शेर्पा घोषित भए उनले ५ सय रुपैयाँ मुल्य बराबरको गिफ्ट हेम्पर प्राप्त गरे ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको आईतबारको खेल राइजिङ ब्वाइज र संगम फुटबल क्लब बिच दिनको ३ः३० बजेदेखि हुने छ ।

प्रतियोगिता विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुका साथै उपविजेताले ३० हजार र ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष मिनबहादुर बस्नेतले बताए ।

जेठ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ५ हजार १ सय, सर्वाधिक गोलकर्ताले ४ हजार १ सय, उत्कृष्ट फर्वड, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षकले जनही ३ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा प्रत्येक खेलको इमर्जीगं प्लेयरले ५ सय रुपैयाँ मुल्य बराबरको गिफ्ट हेम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–६ का वडाध्यक्ष ललित बहादुर तामाङ्गले मानिस स्वास्थ रहन खेलकुद अपरिहार्य रहेको बताए । साथै उनले खेलकुदका लागि आफुले सकेको सहयोग सदैभ गर्ने बचन बद्धता जाहेर गरे ।

आयोजकका अशोक राईले सञ्चालन गरेको कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, युवा नेता राजु कार्की, सुशिल आचार्य, जितु तामाङ्गलगायतका आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्