News Portal

किसानलाई बलियो बनाउनेगरी बजेट आयो : कार्की

रातोपोस्ट संवाददाता
४३३ पटक

काठमाडाैँ, १७ जेठ । नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद सुरेन्द्रकुमार (राम) कार्कीले किसानलाई बलियो बनाउने गरी बजेट आएको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै कार्कीले किसानलाई पेन्सन दिने व्यवस्थासहित अन्य व्यवस्था गर्नु राम्रो भएको बताए ।

किसानसँग सरकार भन्ने कुरालाई कार्यगत रुपमा लाग्न सक्यौ भने किसानलाई बलियो बनाउन सक्छौँ । किसानका छोराछोरीको पढ्ने ग्यारेन्टी र किसान विरामी भएमा ग्यारेन्टी हुन सके किसान बलियो हुन्छ ।’ कार्कीले भने, किसानलाई सबलीकरण नभएसम्म नेपालमाथि जान सक्दैन । अगाडिको बजेटभन्दा कमसेकम यस पटक अलिकति भएपनि किसानहरुलाई महत्व दिएको छ । त्यसलाई स्वीकार गर्दछु ।’

शिक्षामा धेरै बजेट विनियोजन भएको कार्कीले बताए । झापा जिल्लामै विज्ञान भन्दा अस्था र विश्वास, धर्ममा भर पर्ने गरेको बताए । यस्तो सोचको विकास भएमा समाज अघि बढ्न नसक्ने ठोकुवा गरे ।

प्रतिकृया दिनुहोस्