News Portal

सुनको भाउ ८ सय रुपैयाँले घट्यो

रातोपोस्ट संवाददाता
२५७ पटक

काठमाण्डाैँ, १८ जेठ । सुनको भाउ आज ८ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९७ हजार २ सय रुपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्