News Portal

मेचीनगर ८ को पहिलो निर्णय : सडकमा सिसि क्यामेरा जडान गर्ने

रातोपोस्ट संवाददाता
४०१ पटक

झापा, १९ जेठ । झापाको मेचीनगर नगरपालिका वडा नं. ८ का जनप्रतिनिधिहरु निर्वाचित भएपछि सोमबार वडा समितिको पहिलो बैठक सम्पन्न भएको छ । पहिलो बैठकले बृद्धभत्ता घर घरमा पुर्याउने सहितको ३ वटा निर्णय गरेको वडा अध्यक्ष गिरीराज धमलाले बताए ।

अध्यक्ष धमलाका अनुसार मेचीनगर वडा नं. ८ का स्थायी बसोबास गर्ने परिवारका सामुदायिक विद्यालयमा कक्षा- ११ मा अध्ययन गर्ने सबैलाई निशुल्क अध्ययन गर्ने व्यवस्था मिलाउने र वडाको शान्ति सुरक्षालाई बलियो बनाउन वडाको मुख्य मुख्य स्थानमा सिसि क्यामेरा जडान गर्ने पहिलो बैठकले निर्णय गरेको छ ।

‘हामीले वडाको तत्कालिन आवश्यकताका आधारमा निर्णयहरु गरेका छौं,’ वडा अध्यक्ष धमलाले भने, ‘वडाबासीको सुझाव र सल्लाहाका आधारमा हाम्रा कामहरु आगाडी बढाउने छाैं ।’

प्रतिकृया दिनुहोस्