News Portal

खानेपानी तथा सरसफाइ विभागकाे सदस्यमा सन्ताेस आचार्य

रातोपोस्ट संवाददाता
४१७ पटक

झापा, २० जेठ । नेकपा एमाले झापा जिल्ला कमिटीका पूर्व सदस्य बैचारिक युवा नेता सन्तोष आचार्य नेकपा एमालेको केन्द्रीय बिभागीय सदस्यमा मनोनित भएका छन् ।

एमालेले केन्द्रीय बिभागलाई पुर्णता दिनेक्रममा आचार्यलाई खानेपानी तथा सरसफाइ बिभागमा जिम्मेवारी दिएको हो ।विभागले झपट रावल प्रमुख रहेको खानेपानी तथा सरसफाइ विभागमा इन्द्रबहादुर तामाङ, गोकर्ण ढुंगाना, नवराज काफ्ले, दीपक अधिकारी, देवेन्द्र रावल, गोकुल पौडेल, शालिकराम भण्डारी, शान्ता बस्याल, सन्तोष आचार्य, राजनराज पाण्डे र एल उपाध्याय सदस्यमा मनोनीत भएका हुन् ।

एमालेका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार ३३ वटा केन्द्रीय विभागमध्ये बिहीबारसम्म १३ वटा केन्द्रीय विभागमा सदस्य मनोनीत गरिएको छ । तर, कार्यालयले चारवटा विभागमा मनोनयन भएका सदस्यको नामावली मात्रै बाहिर ल्याएको छ ।

प्रतिकृया दिनुहोस्