News Portal

सयुक्त दलित अधिकार मञ्चद्वारा बुद्धशान्तिमा अन्तक्रिर्या कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
५४४ पटक

झापा, २१ जेठ । झापाकाे बुद्धशान्तिमा जातिय भेदभाव र छुवाछूत उन्मुलन राष्ट्रिय दिवसकाे अवसरमा अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएकाे छ ।

आज बुद्धशान्ति- ३ बुधबारेमा सयुक्त दलित अधिकार मञ्चले गरेकाे कार्यक्रममा प्रमुख अतिथि सयुक्त दलित अधिकार मञ्च नेपालका केन्द्रीय अध्यक्ष दुर्गा बराईली, विषेश अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनाेज प्रसाई रहेका थिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भवानी खतिवडा, दलित अधिकार मञ्चका जिल्ला अध्यक्ष सुरेश बराईली साथै गाउँपालिकाका १,२, ३ र ४ का दलित वडा सदस्यहरुकाे सहभागिता रहेका थियाे ।

कार्यक्रमकाे अध्यक्षता सयुक्त दलित अधिकार मञ्च प्रदेश १ का अध्यक्ष प्रबिन दर्नालले गरेका थिए भने सञ्चालन पवन शंखरकाे रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्