News Portal

विश्व वातावरण दिवस : बाहुनडाँगीमा वडा कार्यालयले गर्याे २ हजार वृक्षारोपण

रातोपोस्ट संवाददाता
३२६ पटक

झापा, २२ जेठ । झापाको मेचीनगर -४ बाहुनडाँगीमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । मेचीनगर-४ वडा कार्यालयले आज विश्व वातावरण दिवसको अवसर पारि मेचीनगर स्थित बाहुनडाँगी क्षेत्रमा २ हजार वृक्षारोपण गरेको हो । प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ हजार विभिन्न प्रजातिका विरुवा रोपिएको थियो । वडालाई पाँच बर्षभित्रमा फूलको सहर बनाउने उद्देश्यले विभिन्न स्थानमा वृक्षारोपण गरिएकाे विरुवा वडाध्यक्ष अर्जुन कार्कीले बताए ।

कार्यक्रम विना कुर्सी बनाइएको मञ्चमा बसेका प्रमुख अतिथि र अतिथिहरुले ग्रामीण क्षेत्रमा लोप हुन लागेको चराहरु , हात्ती, घरेलु परिकार, विभिन्न जातजातिका पहिरनका बारेमा अवलोकन समेत गरेका थिए ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पाेखरेल (उप्रेती ) विशेष अतिथि रहेको कार्यक्रममा डब्लु डब्लु एफका डा. शान्तराज ज्ञवालीको समेत उपस्थिति रहेको छ । साे कार्यक्रमकाे वडा अध्यक्ष कार्कीले अध्यक्षता ग्रहण गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य निलकण्ठ तिवारीले गरेका थिए भने सञ्चालन पुस्कर ढकालकाे रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्