News Portal

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल

रातोपोस्ट संवाददाता
२८१ पटक

काठमाडौं, २३ जेठ । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल भएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए।

गठबन्धनले मन्त्रिपरिषद् पुन:गठन गर्ने तयारी गरेका छन्। एकीकृत समाजवादीबाट सहभागी भएकामध्ये प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रामकुमारी झाँक्री सहरी विकास, विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या र कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई फित्ता बोलाउने पार्टीले निर्णय गरेको छ। तर आफूलाई नसोधिएको भन्दै मन्त्रीहरुले असन्तुष्ट जनाएका छन्।

भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री छन्। एकीकृत समाजवादीले अब जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा र भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा पठाउने भएको छ। त्यस्तै, हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाउने निर्णय समाजवादीले गरेको छ। सोमबार सपथको कार्यक्रम गर्ने भनिएपनि हालसम्म राष्ट्रपतिको कार्यालयबाट सूचना जारी भएको छैन।एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने तयारी गरेसँगै गठबन्धनभित्रका अन्य दललाई समेत सांसदहरुले दबाब दिन थालेका छन्।

प्रतिकृया दिनुहोस्