News Portal

दक्षिणकालीमा एक जोडी मृत फेला

रातोपोस्ट संवाददाता
३९४ पटक

काठमाडौँ, २३ जेठ । दक्षिणकाली मन्दिर नजिकको जंगल क्षेत्रमा एक जोडि मृत फेला परेका छन्। अन्दाजी २२,२३ वर्षको देखिने युवा युवति मृत फेला परेको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ।जोडिको नजिकै विषको बट्टा भेटिएको प्रहरीले जनाएको छ।

आज बिहान साढे ११ बजेतीर स्थानीयले शव भेटिएको खबर गरेपछि प्रहरी घटनास्थल तर्फ गएको थियो। मृतकको पहिचानबारे अहिलेसम्म केही थाहा नभएको र विष सेवन गरे नगरेको बारेमा पनि परिक्षण पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ।

उनीहरुको शव सडकभन्दा केही माथि भेटिएको र मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्