News Portal

विप्लव नेतृत्वको नेकपाद्धारा संघर्षको कार्यक्रम घोषणा, असार ५ गते देशव्यापी विरोध प्रदर्शन

रातोपोस्ट संवाददाता
३८७ पटक

काठमाडौं, २३ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । नेकपाले एमसीसी सम्झौता, महँगी, किसानका मलबीउ समस्यालगायतका विषय उठाउँदै जेठ २५ देखि असार ५ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेको विज्ञप्ती असार ५ गते चर्को महंगी र भाडावृद्धि विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने उल्लेख गरिएको छ ।

नेकपाले जेठ २५ गते राजमार्ग, काठमाडौं उपत्यका र देशव्यापी किसान विरोध प्रदर्शन, २७ गते अमेरिकी साम्राज्यवादी हस्तक्षेप विरुद्ध देशव्यापी विरोध प्रदर्शन, ३०गते एमसीसीको कार्यालय र जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र घेराउ र असार २ गते राजवन्दी रिहाईको पक्षमा देशव्यापी विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस्