News Portal

गर्मी बढेपछि भीमदत्तमा ४ दिन विद्यालय बन्द हुने

रातोपोस्ट संवाददाता
३६९ पटक

कञ्चनपुर, २३ जेठ । अत्यधिक गर्मी बढेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाले ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगर क्षेत्रमा मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक प्रतिनिधिको उपस्थितिमा नगरपालिकाको सामाजिक विकास समितिको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले वर्षे बिदाबाट कटाउने गरी अत्यधिक गर्मीका कारण ४ दिने विदा दिने निर्णय भएको बताए । शिक्षकहरुले विद्यालयमा बालबालिका गर्मीका कारण बेहोससमेत हुन थालेको भन्दै गुनासो गरेपछि उक्त निर्णय भएको जोशीले बताए ।

प्रतिकृया दिनुहोस्