News Portal

पार्टीभन्दा मन्त्री शक्तिशाली

रातोपोस्ट संवाददाता
३११ पटक

काठमाडौँ, २४ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ । सोमबार शपथ लिने गरी नयाँ मन्त्रीका नाम तय हुँदै गर्दा संसद्मा बजेट अधिवेशनअन्तर्गत मन्त्रालयगत छलफल चलिरहेकाले त्यसअघि पुनर्गठन गर्न नमिल्ने भन्दै हाललाई मन्त्रिमण्डल हेरफेर रोकिएको हो ।

नेकपा एसको सचिवालय बैठकले शनिबार नै सरकारमा सहभागी नेताहरूलाई फिर्ता बोलाएर नयाँ नेताहरू पठाउने निर्णय गरेको थियो । सो निर्णय भोलिपल्ट (आइतबार) बसेको बैठकपछि सार्वजनिक भएको थियो ।

त्यसलगत्तै नेकपा एसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटघाट गरी मन्त्रिपरिषद पुनर्गठन रोक्न आग्रह गरेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्