News Portal

मेचीनगरमा प्रधानअध्यापक माथि यौन दुर्व्यवहारको आरोप

रातोपोस्ट संवाददाता
५१५ पटक

झापा, २६ जेठ । झापाको मेचीनगर नगरपालिकाका- ७ स्थित अरनिको माविका प्रधानअध्यापकले महिला शिक्षकमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । मेचीनगर- ७ स्थित अरनिको माविका प्रधानअध्यापकले सोही विद्यालयकी महिला शिक्षकमाथि लामो समयदेखि यौन दुर्व्यवहार गरेको महिला शिक्षकले विद्यालयका सहकर्मीहरुलाई जानकारी गराए पछि सार्बजनिक भएको हो ।

घट्नाका बारेमा जानकारी भए पछि प्रधानअध्यापकले पीडित महिला शिक्षकलाई जागिरबाट निकालिदिने, सार्वजनिक रुपमा बेइज्जत गर्ने जस्ता धम्की दिए पछि उनले डराएर घट्नाका बारेमा लामो समय सार्वजनिक गर्न नसकेको बिद्यालयस्रोतले जनाएको छ ।

प्रधानअध्यापकले मोबाइलबाट पटक पटक यौनजन्य म्यासेज गरेको र अनावश्यक कुरा लिएर कक्षा कोठामा नै पटक पटक गएर असहज व्यवहार गर्ने गरेको, विद्यालयबाट शिक्षकहरुको भ्रमण जाँदा समेत यौनहिंसा जन्य क्रियाकलाप गर्ने गरेका थिए । पिडितले यस्तो गतिबिधि नर्गन आग्रह गर्दा समेत प्रधानअध्यापकलेक उनको जागिर खाइदिने धम्की दिने गरेकोले पनि पिडितले घट्नाका बारेमा सार्वजनिक गर्न नसकेको भनाइछ । महिला शिक्षकमाथि गरेको यौनजन्य दुर्व्यवहारको घट्ना सार्वजनिक भएपछि विद्यालयका प्रधानअध्यापकले बुधबार विहान प्रधानअध्यापक सहित शिक्षक पेशाबाट नै राजिनामा दिएका छन्।

प्रतिकृया दिनुहोस्