News Portal

कतारका लागि नेपाली राजदूतमा ढकाल नियुक्त

रातोपोस्ट संवाददाता
३४४ पटक

काठमाडौं, २६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा डा. नरेशविक्रम ढकाललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले ढकाललाई आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् ।

प्रतिकृया दिनुहोस्