News Portal

नेकपा (बहुमत) कास्कीको बैठक सम्पन्न

रातोपोस्ट संवाददाता
८९७ पटक

झापा, २६ जेठ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीको दोस्रो बैठक सम्पन्न भएको छ । नेकपा (बहुमत) कास्की जिल्ला संयोजक बद्री अधिकारीको अध्यक्षता र सञ्चालनमा बसेको बैठकमा नवौं महाधिवेशन आयोजक समिति सद्स्य एवं गण्डक ब्युरो इन्चार्ज रुपेशको प्रमुख अतिथ्यता साथै जिल्ला इन्चार्ज गोकुल पराजुलीको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

ब्युरो इन्चार्ज रुपेशले बैठकमा सहभागी पार्टीका जिल्ला नेता–कार्यकर्तालाई समसामयिक परिस्थिति, पार्टी केन्द्र, ब्युरोको योजना, रणनीति, कार्यदिशा, कार्यनीति र कार्यक्रमका बारेमा प्रशिक्षित गरेका थिए ।

यस्तै बैठकले भू – माफियाले षड्यन्त्रपुर्वक खोसेको किसानहरुको भूमि फिर्ताको लागि संघर्ष गर्ने, भू – माफियाले अतिक्रम गरेको सरकारी र सामुदायिक जमिन, प्राकृति स्रोत र सम्पदाको संरक्षणको लागी संघर्ष गर्ने, वित्तिय तथा मिटर ब्याजिको उत्पिडन बिरुद्द संघर्ष गर्ने, एमसीसी लगायत सम्पुर्ण राष्ट्रघाति सम्झौता बिरुद्द संघर्ष गर्ने, बढ्दो मँहगी तथा जनताको प्रत्यक्ष जनजीवीकासँग जोडीएको बिषयमा संघर्ष गर्ने जस्ता निर्णयहरु गरेको एक बिज्ञप्ति जारी गर्दै जनाएको छ ।

प्रतिकृया दिनुहोस्