News Portal

परिवारसँग झगडा गरेर हिँडेका पुरुष विद्युत प्रशारण लाइनमा चढे

रातोपोस्ट संवाददाता
३९१ पटक

काठमाडाैँ, २८ जेठ । नुवाकोटमा एक पुरुष विजुली प्रशारण लाइनमा चढेपछि स्थानीय वासिन्दा र प्रहरीलाई हैरानी खेलाएका छन् । कंकनी गाउँपालिका- ७ मा बिजुलीको तारमा बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला बिक हिँडिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार उनी मानसिक रूपमा अस्वस्थ रहेको र परिवारसँग पनि झगडा गरेर हिँडेको बुझिएको छ । प्रहरीले सम्झाइ झार्ने प्रयास गरे पनि उनी झर्न मानेका छैनन् । उनकाे उद्धारका लागि विद्युत प्राधिकरणलाई पनि अनुरोध गरिएकाे छ ।

उनी प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादनसमेत बन्द गरिएको छ ।

प्रतिकृया दिनुहोस्