News Portal

खेलकुद विकास समिति झापाले पायो पूर्णता

रातोपोस्ट संवाददाता
३०३ पटक

भद्रपुर, २८ जेठ ।जिल्ला खेलकुद विकास समिति झापाले पूर्णता पाएको छ । समितिका जिल्ला अध्यक्ष भेषराज भण्डारी ९प्रशान्त०ले ६ जनालाई सदस्यमा मनोनीत गरेसँगै समितिले पूर्णता पाएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षकहरूको समेत उपस्थितिमा मनोनीत ६ जनालाई समितिका अध्यक्ष भण्डारीसहित उपाध्यक्ष गङ्गा कोइराला भुर्तेलले बधाई तथा शुभकामना दिएका थिए ।मनोनीत हुनेहरूमा दुर्वासा कार्की (जगण) शिवसताक्षी –१०, सुरेन्द्र गिरी अर्जुनधारा–९, गङ्गा तुम्बाफो बिर्तामोड–५, लक्ष्मी चौधरी दमक–८, महेश सरकार मेचीनगर–६ र शम्शेर तामाङ भद्रपुर–३ रहेका छन् ।

११ सदस्यीय समितिका लागि जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा र शिक्षा क्षेत्रबाट १–१ जना गरी ३ जना पदेन सदस्य रहने व्यवस्था छ ।समितिलाई पूर्णता दिँदै बसेको बैठकले खेलकुद सम्बन्धी विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । खेलकुद विकास समितिको अध्यक्षमा यसअघि नै १ नम्बर प्रदेश सरकारको मन्त्री स्तरीय निर्णय अनुसार अध्यक्षमा भण्डारी र उपाध्यक्षमा भुर्तेल चयन भएका थिए ।

प्रतिकृया दिनुहोस्

0ur team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
सम्पर्क नम्बर (९८५२६२१३००)

Copyright © 2016-2024 RatoPost | Powered By EasySoftnepal