News Portal

कृषकलाई मल उपलब्ध गराउन कुनै कसर बाँकी नराख्न निर्देशन

रातोपोस्ट संवाददाता
३४७ पटक

काठमाडौँ, ३० जेठ । सभामुख अग्निप्रसाद सापकोटाले कृषकलाई मल उपलब्ध गराउन कुनै कसर बाँकी नराख्न सरकारलाई निर्देशन दिएका छन् ।

रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत मल उपलब्ध नभएको विषयमा उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

एमालेले संसदमा पेश गरेको विशेष प्रस्तावमाथि छलफलपछि उनले भने, ‘कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहज रुपमा उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।’

प्रतिकृया दिनुहोस्