News Portal

काँकरभिट्टा ट्राफिक प्रहरी प्रमुखमा दियाली

रातोपोस्ट संवाददाता
४८८ पटक

झापा, १ असार । झापाको मेचिनगरस्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाकाे प्रमुखमा लाेक बहादुर दियाली आएका छन् । यज्ञराज शर्माको ठाउँमा काँकरभिट्टा ट्राफिक प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ नायक निरीक्षक दियाली आएका हुन ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका दियालीले आज राताे पाेष्टसँग कुराकानी गर्दै काँकरभिट्टाको ट्राफिक व्यवस्थापनमा कुनै कमी हुन नदिने बताए । हिजाेबाट काँकरभिट्टाका प्रमुख जिम्मेवारी सम्हाल्न आएका दियाली जिल्ला ट्राफिक प्रहरी कार्यालय माेरङबाट आएका हुन् । विगतमा पनि आफूले जिल्ला ट्राफिक कार्यालय तेरहथुम, ट्राफिक प्रहरी पाेष्ट काेशी कटान सुनसरी प्रमुखमा रहेर काम गरेको उल्लेख गर्दै उनले सवारी जाम र दुर्घटना न्यूनीकरण आफूले पहिलो प्राथमिकतामा रहेकाे बताए ।

उनले भने– काँकरभिट्टाको ट्राफिक व्यवस्थापन म लाग्ने छु ।’यसमा सबैकाे सहयोगकाे आवश्यक रहेकाे दियालीले बताए । प्रहरी वरिष्ठ नायक निरीक्षक यज्ञराज शर्माको भने जिल्ला ट्राफिक प्रहरी कार्यालय माेरङमा सरुवा भएको छ । उनले काँकरभिट्टा ट्राफिक प्रमुख भएर ११ महिना ट्राफिक प्रहरीको नेतृत्व गरेका थिए ।

प्रतिकृया दिनुहोस्