News Portal

रेलमार्गका प्रभावितलाई मुआब्जा दिन प्रधानमन्त्री सकारात्मक

रातोपोस्ट संवाददाता
३२८ पटक

काठमाण्डाै, १ असार । प्रस्तावित पूर्व पश्चिम विद्युतिय रेलमार्गमा पर्ने जग्गाकाे मुआब्जा दिन प्रधानमन्त्री शेरबहादुर देउवा सकरात्मक भएका छन् । प्रधानमन्त्रीलाई भेट गर्न पुगेकाे पूर्व पश्चिम रेलमार्ग अन्तरगतकाे काकरभिट्टा- इनरूवा खण्डका प्रभावितहरूकाे प्रतिनिधि मण्डलसंग बुधबार कुरा गर्दै प्रधानमन्त्री देउवाले सरकारले जग्गा राेक्का गरे पछि जनतालाई मुआब्जा दिनु पर्ने बताए ।

पूर्व पश्चिम रेलमार्ग मुआब्जा निर्धारण तथा समन्वय समितिका पदाधिकारी प्रधानमन्त्री देउवाले भन्ने भन्नुभयाे,`जनताकाे जग्गा राेक्का गरेपछि मुआब्जा दिनु पर्छ, सरकारले जग्गा लिनलाई मुआब्जा दिनै पर्छ ।´ रेल प्रभावितहरूकाे तर्फबाट समन्वय समितिका अध्यक्ष डा.लक्ष्मीप्रसाद मैनालीकाे नेतृत्वमा प्रधानमन्त्रीलाई भेट गर्न पुगेकाे प्रतिनिधि मण्डलसंग कुरा गर्दै प्रधानमन्त्री देउवाले बजेटकाे व्यवस्था गरेर मुआब्जाकाे प्रक्रिया अगाडि बढाउने बताए ।

समन्वय समितिकाे तर्फबाट अध्यक्ष मैनाली, उपाध्यक्ष ओम बिमली, महासचिव रञ्जित प्रसाइ र सचिव ज्ञानेन्द्र निराैलाले मुआब्जामा भएकाे ढिलाईका कारण उत्पन्न समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रभावितहरूका तर्फबाट तत्काल मुआब्जाकाे व्यवस्था गर्ने सहितका ४ बुदें माग पत्र सहितकाे ज्ञापन पत्र समेत प्रधानमन्त्री देउवालाई बुझाइएकाे समन्वय समितिका अध्यक्ष मैनालीले बताए ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा भएकाे भेटवार्तामा प्रभावितहरूकाे तर्फबाट राजन शर्मा, रमेश दाहाल, सुनिल शाह र विश्वराज न्याैपानेकाे उपस्थित रहेका थिए । झापा, माेरङ र सुनसरीकाे ५ हजार ४ सय २४ कित्ता जमिन रेलमार्ग निर्माणका लागि दुई बर्षदेखि सरकारले राेक्का गरेर राखेकाे छ ।

प्रतिकृया दिनुहोस्