News Portal

भीम रावललाई गृहमन्त्रीको जबाफ : एसपीपीमा नेपाल संलग्न हुने सोंचमा छैन

रातोपोस्ट संवाददाता
३३० पटक

काठमाडौं, २ असार । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकारले हालसम्म अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सहभागी हुने कुनै निर्णय नगरेको बताएका छन् ।

संसदमा गृह मन्त्री खाँणले स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल संलग्न हुने सोंच सम्मपनि नरहेको बताएका हुन् ।संसदमा पूर्व रक्षा मन्त्री समेत रहेका रावलले अमेरीकी राज्य साझेदारी कार्यक्रममा अब नेपाल कहिलै सामेल हुनेछैन भन्ने प्रतिवद्धता मन्त्री ज्यूको छ कि छैन ? भन्दै प्रश्न गरेका थिए ।

जबाफमा गृह मन्त्री खाँणले भने, ‘एसपीसीमा नेपाल संलग्न हुने सोंच पनि राखेको छैनौं । नेपाल सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्न चाहन्छु, नेपालको कुनै संलग्नता रहनेछैन । ’

प्रतिकृया दिनुहोस्