News Portal

आदिवासी जनजाति महासंघ मेचीनगर–११ काे अध्यक्षमा देबेन्द्र चयन

रातोपोस्ट संवाददाता
३५९ पटक

झापा, ६ असार । नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर–११ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।
आइतबार मेचीनगर स्थित बानियाँ गाउँ जालपा सामुदायिक भवनमा सम्पन्न अधिवेशनले देवेन्द्र थेवेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा सुमित्रा तामाङ, इन्द्रकमल प्रधान तथा महिला उपाध्यक्षमा संगीता राजवंशी, सचिवमा खेम राई, सहसचिवमा नीलु गुरुङ, जस्मिना कवर र सुमित्रा धिमाल तथा कोषाध्यक्षमा पूजा चौधरी चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा राधिका चौधरी, नरबहादुर लिम्बु, भरत मेचे, शान्ति मेचे, सन्तबहादुर तामाङ, सरु राई, पूजा राजंवशी, गीता धिमाल, उर्मिला मगर, गंगा मगर, मुना श्रेष्ठ र प्रदिप गुरुङ छन् । कार्यक्रमका प्रमुख अतिथी मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले आदिवासी जनजाति समुदायको एकता अझै मजबुत हुने पर्नेमा जोड दिइन् ।

कार्यक्रममा मेचीनगर–११ का वडाध्यक्ष रुद्र डाँगी, पूर्व वडाध्यक्ष सन्तोष मेचे, कार्यपालिका सदस्य ह्दय राजवंशी, एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरिचरण बानियाँ, जनता समाजवादी पार्टी मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, समाजसेवीहरु शुक्रराज थेवे, लक्ष्मण सुब्बा, लिलन प्रसाई, ज्ञानबहादुर मगर, रमेश तामङ, सागर ओली, पाण्डवलाल चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महासंघ वडाका अध्यक्ष शम्भु राजंवशीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सुमित्रा तामाङ र सञ्चालन सचिव इन्द्रकमल प्रधानले गरेका थिए ।

प्रतिकृया दिनुहोस्