News Portal

एन्फा अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी

रातोपोस्ट संवाददाता
३५५ पटक

काठमाडौं, ६ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी भएका छन्।

आज भएको एन्फाको चुनावी साधारणसभाबाट नेम्बाङ अध्यक्षमा विजयी भएका हुन्। नेम्बाङले कर्माछिरिङ शेर्पालाई हराए। ८४ भोट खसेकोमा नेम्बाङले ४५ भोट पाए भने शेर्पाले ३९ मत ल्याए। काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा अध्यक्षमा राजीव पौडेल पनि प्रतिस्पर्धामा भए पनि एक भोट पनि ल्याएनन्।

नेम्बाङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने शेर्पा अध्यक्ष थिए।अहिले अन्य पदका लागि मतगणना हुँदैछ।

प्रतिकृया दिनुहोस्